नेपाल भारत टी-२० दृष्टिविहीन महिला क्रिकेट सिरिज भोलिदेखि पोखरामा
पाेखरा | बैशाख ११, २०८०
पोखरा: नेत्रहीन क्रिकेट संघको आयोजनामा भोलि देखि पोखरामा सुरुहुने नेपाल भारत दुइपक्षीय टी-२० दृष्टिविहीन महिला क्रिकेट सिरिजको तयारी पूरा भएको छ ।
नेत्रहीन क्रिकेट संघले आज (सोमबार) पोखरामा पत्रकार सम्मेलन गर्दै भोलि देखि हुने नेपाल भारत दुइपक्षीय टी-२०ष्टिविहीन महिला क्रिकेट सिरिजको तयारी पूरा भएको संघका महासचिव अमृत बरालले बताए ।
‘नेत्रहीन क्रिकेट संघको आयोजनामा मंगलबार देखि पोखरामा सुरुहुने नेपाल भारत दुइपक्षीय टी-२० दृष्टिविहीन महिला क्रिकेट सिरिजको तयारी पूरा भएको छ, महासचिव बरालले भने, ‘१२ र १३ गते पोखरामा प्रतियोगिता सञ्चालन हुनेछ भने १५, १६ र १७ काठमाडौंको मुलपानी क्रिकेट मैदानमा प्रतियोगिता सञ्चालन हुन्छ ।’
उनका अनुसारको सिरिजको विजेताले ७५ हजार उपविजेताले ४५ हजार र प्लेयर द म्याचले ५ हजार रुपैयाँसहित ट्रफी पाउनेछन् ।
नेपाली टोली भगवती भट्टराई बराल र भारतीय टोली सुष्मा पट्टेलको कप्तानीमा मैदानमा उत्रदैंछ । दुवै टोलीका कप्तानले खेल्न आफूहरु तयार रहेको बताएका छन् ।
नेत्रहीन क्रिकेट संघको आयोजनामा हुने प्रतियोगिता बैशाख १७ गतेसम्म चल्नेछ । विगत ११ वर्षदेखि दृष्टिविहीन महिला क्रिकेट टोली सक्रिय रुपमा खेलिरहेका छन् । जसमा सन् २०१४ मा बेलायत र सन् २०१९ मा पाकिस्तानसँगको अन्तर्राष्ट्रिय खेल जितेको थियो ।
क्रिकेट बलमा रहेको ध्वनीको सहायताबाट दृष्टिविहीन खेलाडीले क्रिकेट खेल्छन् । क्रिकेट टोलीमा रहेका दृष्टिविहीन खेलाडीलाई ३ वटा समूहमा विभाजन गरिएको छ । जसमा बी १ खेलाडी अर्थात् पूर्ण दृष्टिविहीन, बी २ मा मध्यम दृष्टि र बी ३ न्यून दृष्टि भएका खेलाडी हुन्छन् ।
नेत्रहीन क्रिकेट संघले प्रतियोगिताका लागि विगत एक महिनादेखि नै पोखरामा बन्द प्रशिक्षणमा थिए भने २२ सदस्यीय भारतीय टोली सोमबार पोखरा आइपुगेका हुन् ।
नेपाली टोली
भगवती भट्टराई (कप्तान), गीता पौडेल, प्रतिभा राई, माया लुंगेली, सुस्मा तामाङ, मुना अर्याल, रिता थापा, मनकेशरी चौधरी, कान्ति योगी, सरिता घिमिरे, बिनिता मगर सोमाई, विनिता पुन, विमला राई, निशा चौधरी र दिल्लीशरा धमला
पोखरा। १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँ आलु तथा अन्य सामाग्री किन्नेहरुको संख्यामा बृद्धि भएको छ । महोत्सवको ७ औं दिन बिहीबारसम्म करिव ७५ हजार दर्शक बढीले महोत्सव अवलो...
पोखरा । हिमश्री फुड्स प्रालिको रारा तयारी चाउचाले १० औं संस्करणको पोखरा स्पोर्टस अवार्डमा टाईटल स्पोन्सर गर्ने भएको छ । आगामी वैशाख १८ गते पोखराको इभेन्ट सेन्टरमा आयोजना हुने १० औं पोख...
पोखरा । चर्चित कलाकार समीक्षा अधिकारी बुधबार १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवमा देखिइन् । उनले त्यहाँ दर्शकलाई आफ्नो गायन प्रस्तुति मार्फत भरपुर मनोरञ्जन दिइन् । दुस्मन हेरेको हेयौं, कुरा बुझनु...

